ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा उच्चस्तरीय भ्रमण संयोगवश मात्रै हो या, यसमा रणनीतिक एवम् राजनीतिक कारण ? (भिडियोसहित)


सपना थामी
१७ मंसिर २०७७, बुधबार   १० : ५०   बजे

काठमाडौं, १७ मंसिर ।  पछिल्लो समयमा दुई छिमेकी शक्तिराष्ट्र भारत र चीनबाट उच्चस्तरीय नेपाल भ्रमणको क्रम बाक्लिएको छ । यो उच्चस्तरीय भ्रमण संयोगवश मात्रै हो या, यसमा रणनीतिक एवम् राजनीतिक कारण बढी छन् भन्ने विषयलाई विश्लेषकहरुले अर्थपूर्णरुपमा हेरिरहेका छन् । भारत र चीन यी दुवै उदीयमान महाशक्ति राष्ट्रको नेपालप्रतिको बढ्दो चासोलाई सकारात्मक रुपमा लिन राष्ट्रहरुबीच परस्पर लाभको आधारमा कुटनीतिक एवम् परराष्ट्र सम्बन्ध सुदृढ गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् ।

गत कात्तिक ५ गते भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आए । त्यसबखत गोयल नेपाल आउनेबारे परराष्ट्र मन्त्रालय र नेपाली सेना कसैलाई पनि जानकारी नभएको सूचना बाहिर आएको थियो भने भारतीय दूतावासका एक उच्च अधिकारीले ‘रअ’ प्रमुख काठमाडौं आएको नभएर अरु नै कोही आएको हुनसक्ने शंकास्पद जवाफ दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीस“ग उच्चस्तरीय भेट गरी ८ घण्टा काठमाडौंको बसाइपछि स्वदेश फर्के । ‘रअ’ प्रमुख गोयलको भ्रमण कुनै औपचारिक नभएर व्यक्तिगत वा धार्मिक भ्रमण हुनसक्ने राष्ट्रिय अनुसन्धान विभागले जनाएको थियो । रअ प्रमुख गोयलस“ग भएको भेटले नेपाल कम्युनिष्ट पार्टीभित्र पनि थप मतभेद् सिर्जन ागर्ने भूमिका खेल्यो ।

यसैको १५ दिनपछि कात्तिक २० गते भारतीय सेनाध्यक्ष्ँ मनोज मुकुन्द नरवणे नेपाल आए । नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नरवणेको नेपाल भ्रमणलाई परम्परागत भ्रमणको रुपमा लिइएको छ । यसैको ठिक २० दिनपछि मंसिर ११ गते २ दिने भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीस“ग उच्चस्तरीय भेटवार्ता गर्नुभयो । भेटमा नेपाल र भारतबीचको सीमा विवाददेखि आपसी सहकार्य र सम्बन्ध सुदृढीकरणको विषयमा छलफल भयो । यसको लगत्तै मंसिर १४ गते आइतबार चिनिया“ रक्षामन्त्री वेइ फेङह नेपाल आउनुभयो । २० सदस्यीय प्रतिनिधिमण्डलसहित आउनुभएका रक्षामन्त्री वेइले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुस“ग उच्चस्तरीय शिष्टाचार भेट गर्नुभएको थियो । रक्षामन्त्री वेइले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको थियो । यद्यपि चिनिया“ रक्षामन्त्रीस“गको कुराकानीबारे विस्तृत रुपमा बताइएको छैन । यसरी दइ छिमेकी मुलुकहरु चीन र भारतको लगालगको भ्रमणलाई सामान्य घटनाक्रमको रुपमा मात्र हेर्न नसकिने सरोकारवालाहरु बताउछन् ।

पछिल्लो समय चर्चा भइरहेको नेपाल–भारत सीमा विवाद र यसस“गै जोडिन आउने नेपाल–चीनबीचका सुपुर्दगी सन्धि लगायतका विषयहरु पनि यी भ्रमणहरुस“ग जोडिन सक्ने परराष्ट्र जानकारहरु बताउ“छन् । त्यसो त पछिल्लो समय, दुइ तिहाइ बहुमतको नेकपा सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यसहित भारत र चीन दुवैस“ग गरेका विभिन्न आपसी सम्झौता र सहकार्य गर्न भन्ने विषयले पनि छिमेकी राष्ट्रहरुको नेपाल भ्रमण भएको हुनसक्ने उनीहरुको भनाइ छ । यसमा दुइशक्ति राष्ट्रहरुबीचको छिमेकी मुलुक भएको नाताले नेपालले पनि अधिकतम लाभ लिन सक्नेगरी कुटनीतिक बाटो पहिल्याउनुपर्ने विज्ञहरुको सुझाव छ । छिमेकी देशहरुबीचमा असल सम्बन्ध विकास गर्दै लाने विषयलाई जोड दिनुपर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताउनुहुन्छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई भने छिमेकी राष्ट्रहरुको भ्रमणलाई एक अर्कास“ग जोडेर नहेर्न सुझाव दिनुहुन्छ । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुस“गको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै भट्टराईले चिनिया“ रक्षामन्त्री वेइ फेङ्हको नेपाल भ्रमणलाई भारतस“ग नजोड्न आग्रह गर्नुभएको हो ।

आपसी सहकार्य, सम्झौता कार्यान्वयन एवम् देशहितका लागि हुने विदेशी भ्रमण पारस्पारिक रुपमा लाभदायी नै हुन्छ । तर, महाशक्तिको रुपमा उदाइरहेका चीन र भारतको छिमेकी देशको नाताले नेपालले यसबाट लाभ लिन सक्नेगरि सफल रणनीतिक एवम् कुटनीतिक मार्गअनुरुप अघि बढ्न आवश्यक छ । जहा“सम्म एक महिनाभित्र भएको छिमेकी राष्ट्रहरुको ४ पटकको नेपाल भ्रमणलाई संयोग मात्र मान्न नसकिने कुरा छ, यसमा नेपाललाई विदेशीहरुको खेल मैदान बनाउन दिने विषय अकल्पनीय छ भने नेपालको आन्तरिक मामलामा हस्तक्षेपकारी विषयमा राष्ट्रियताको एकमात्र शूत्र प्रयोग गर्नु बाहेक अरु विकल्पै छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group