राजविराज, २४ मंसिर । सप्तरी क्षेत्र नं ४ प्रदेश ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव विजयी हुनुभएको छ ।
यादव नौ हजार ६०५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले सात हजार ३३३ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का शशी यादवले चार हजार ४७९ मत मात्र प्राप्त गर्नुभएको जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्