ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कछुवा गतिमा मध्यपहाडी राजमार्गको काम


एबीसी / संवाददाता
१८ मंसिर २०७७, बिहिबार   ११ : ५३   बजे


दैलेख , १८ मंसिर । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५ किलोमिटर सडकमध्ये २५ किलोमिटर मात्र कालोपत्रे भएको छ । अब काम धमाधम अगाडि बढिरहेको मध्यपहाडी आयोजना कार्यालय दैलेख प्रमुख डा. अर्जुनकुमार बमले बताउनुभयो ।

दुई वटा पक्की पुलसहित १२ वटा ठेक्का अहिले सञ्चालनमा आएका छन् । काम शुरु भएदेखि यो वर्षसम्मको ठेक्कामा कूल रु चार अर्ब २७ करोडको लागतमा विभिन्न स्थानमा काम शुरु गरिएको छ । अहिलेसम्म रु एक अर्ब ३४ करोड भुक्तानी भइसकेको आयोजनाले जनाएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख बमका अनुसार रुकुम पूर्व र अछामसम्म रु १० अर्ब ८८ करोड ५९ लाख बराबरको विभिन्न ठेक्कामार्फत सडक कालोपत्रेका लागि काम शुरु भइरहेकोे छ ।

पक्की नाली र ग्राभेल उप्काउँदै कालोपत्रेको तयारी

मध्यपहाडी सडकखण्डअन्तर्गत दैलेख खण्डका कतिपय स्थानमा छ वर्षअघि पक्की नाली र ग्राभेल सम्पन्न भएको थियो । उक्त कामका लागि करोडौँ रकम राज्यकोषको खर्च गरियो तर अहिले पक्की नाली भत्काएर पुनः काम शुरु भइरहेको छ ।ग्राभेल थुपारेर राखिएको छ । वन क्षेत्र र सहजै सडक चौडा गर्न सकिने स्थानमा बनाइएका नाली पुरिनु र ग्राभेल जम्मा गरेर राखिनुले यसअघि गरिएको गलत इञ्जिनीयरिङका कारण राज्यकोषको करोडौँ रकम फजुल खर्च भएको स्पष्ट देखिएको छ ।

विशेष गरेर सदरमुकामको लोहोरेदेखि भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमाना चगर्तासम्मको सडकखण्डमा अहिले कुनै पनि पुरानो संरचना देख्न र भेट्न पाइँदैन । करोडौँ रकम यसअघि यही सडकमा खर्च भयो, ओहोरदोहोर गर्दा देखिने पुराना संरचना अहिले कुनै पनि देखिँदैनन्, ग्राभेल थुपारेर राखिएको छ । यसरी सडककै नाममा फजुल खर्च नियोजित रूपमा गरिएको हुनसक्ने यस्ता कुराको छानबिन हुनुपर्ने माग स्थानीयवासीको छ ।विगत छ वर्ष अघिदेखिको कामको सूचना माग गर्दासमेत आयोजनाले सूचना प्रदान गर्न सकेन । अहिले विभागमा मात्र यसको जानकारी हुने भन्दै विवरण उपलब्ध गराउन नसकिएको आयोजनाका कर्मचारीले बताउँदै आएका छन् ।

चार कम्पनीको म्याद थप

सदरमुकामको पूर्वी खण्डमा पर्ने विभिन्न सडकखण्डको कालोपत्रेको काम विसं २०७७ असारसम्म सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता गरेका चार कम्पनीले कोरोना कहर देखाउँदै पुनः छ महिनाका लागि म्याद थप गरेका छन् ।

विसं २०७७ असारसम्म काम सक्ने जिम्मेवारी पाएका रमन केएल जेभी, शर्मा गजुरमुखी, पुप्पु हाई हिमालय जेभीले म्याद थप गरेको आयोजनाले जानकारी दिएको छ । दैलेख खण्डका लागि ठेक्का सम्झौता गरेका अन्य नौ वटा कम्पनीको म्याद २०७८ र २०७९ मा सम्पन्न हुने सम्झौतामा उल्लेख गरिएको छ ।

मुआब्जाको काम अगाडि बढ्यो

मध्यपहाडी राजर्माग सडकखण्डको विवाद भएको स्थान सदरमुकाम खण्डलगायतका अन्य विभिन्न खण्डमा देखिएका विवादको समाधान गर्दै सबै खण्डमा कालोपत्रेका लागि ठेक्का खोलिसकिएको छ । समस्या समाधानका लागि रु चार करोडको मुआब्जा वितरण गर्ने तयारी गरिएको आयोजना कार्यालयले जनाएको छ । मुआब्जाको विवरण सङ्कलन र मूल्याङ्कन रकमको विवरण प्राप्त भइसकेकाले तत्कालै प्रक्रियामा अगाडि बढाइने जानकारी आयोजनाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu