काठमाडौं २० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बस्दै छ । यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउ“सो बस्दैछ । बैठकअघि प्रचण्ड–नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।
गत कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गर्नुभएको थियो । त्यसपछि १० दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गर्नुभएको थियो । गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गर्नुभएको थियो ।
यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डस“ग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् । आजको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित हुने नहुने अझै अनिश्चित छ ।
प्रतिक्रिया दिनुहोस्