ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राजावादी’ को प्रदर्शनमा प्रशासन किन मूकदर्शक ?


एबीसी / संवाददाता
२१ मंसिर २०७७, आइतबार   ५ : ४२   बजे

काठमाडौँ, २१ मंसिर । पछिल्लो समय काठमाडौंमा ‘राजसंस्था’ र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित ‘राजावादी’ हरूले प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक आन्दोलन–२०७७ को ब्यानरमा शनिबार संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना, नागरिक सरकार र नागरिक आयोग गठनको मागसहित माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका गरे ।

गृह मन्त्रालयले भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन देशभरका प्रशासनलाई परिपत्र गरे पनि प्रदर्शनकारीलाई कसैले रोकेन । हिजो शनिबार काठमाडौंसहित झापा र चितवनमा पनि प्रदर्शन गरिएको थियो । काठमाडौंमा भएको प्रदर्शनमा सहभागीले राष्ट्रिय झन्डा, पूर्वराजा ज्ञानेन्द्र र पृथ्वीनारायण शाहको तस्बिरसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बिहान ११ बजे माइतीघरमा भेला भएर नारा जुलुससहित बबरमहल हुँदै बानेश्वरमा पुगेर प्रदर्शन कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी, नेपाली सेनाका पूर्वसहायकरथी प्रेमसिंह बस्न्यात, चिकित्सक डा. मनोज झा, लगायतले सम्बोधन गरेका थिए ।

तर गृह मन्त्रालयले उपत्यकासहित देशभर सभा–सम्मेलन, जुलुसलगायत भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गत साता परिपत्र गरेको थियो । गृहको परिपत्रपछि काठमाडौं प्रशासनले केही दिनअघि कोरोना महामारीको जोखिमलाई कारण देखाउँदै काठमाडौं प्रशासनले आमसभा, प्रदर्शन र विरोध जुलुस गर्न रोक लगाएको थियो तर राजावादीले प्रदर्शन रोकेनन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रदर्शन प्रशासनको अनुमतिबेगर भएको बताउनुभयो ।

उहाले भन्नुभयो , ‘प्रदर्शन हुँदै छ भन्ने अनौपचारिक मात्रै जानकारीमा आएको हो, आयोजकले अनुमति लिएका छैनन् ।’ शान्तिपूर्ण प्रदर्शन भएकाले पनि प्रशासनले बल नगरेको हो उहाँले भन्नुभयो । सत्तारूढ नेकपामा देखिएको आन्तरिक कलह, जनजीविकासँग जोडिएका समस्या थप बढ्दै जानु, सरकार प्रति नागरिकको निराशा थपिँदै जाँदा नागरिक स्तरबाटै राजावादीको प्रदर्शनमा सर्वसाधारणको उपस्थिति पनि बढ्दै गएको केही नागरिक अधिकारकर्मी बताउछन् । सरकार र सत्तारूढ दल नेकपाले जनजीविकासँग जोडिएका समस्या समाधान नगरेकै कारण राजावादीको प्रदर्शनमा मानिसको उपस्थिति बढेको पनि विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group