ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना भाइरसबाट १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु


एबीसी / संवाददाता
२२ मंसिर २०७७, सोमबार   ९ : ४८   बजे

काठमाडौँ, २२ मंसिर । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइसरबाट संक्रमित १ लाख ६ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ । वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ९२ लाख ६४ हजार ३९७ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५३७ संक्रमितको मृत्यु भएको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । सोमवार विहान सम्म विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार २०१ जनाको मृत्यु भएको छ ।युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६१ हजारभन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा २३१ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ६१ हजार २४५ पुगेको छ ।जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ६० हजार ७८ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख २८ हजार ५२२ जनाको मृत्यु भएको छ ।उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ८८ हजार ९०६ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।यस्तै मेक्सिकोमा १ लाख ९ हजार ७१७ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा ३ लाख १ हजार ६२५ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ४० हजार ५९० जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख ३२ हजार ४१० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७६ हजार ९६२ जनाको मृत्यु भएको छ ।अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५३ हजार ९६१ पुगेको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २२ हजार २०६ संक्रमितको मृत्यु भएको छ ।यस्तै ओसियानामा १ हजार २१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३४ हजार ९४२ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख ८५ हजार ५५० पुगेको छ । संक्रमितमध्ये ४ करोड ६५ लाख ७९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu