ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि मन्त्रालय र घरकी कान्छी बुहारी उस्तै हो – मन्त्री भुसाल


एबीसी / संवाददाता
२२ मंसिर २०७७, सोमबार   १ : २२   बजे

काठमाडौँ, २२ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृर्षि क्षेत्रमा आफुले उल्लेख्य काम गरेपनि त्यसको नतिजा तत्काल नदेखिएको बताउनु भएको छ ।

अर्घाखाची सिमेन्ट उद्योग प्रालिको सहयोगमा रुपन्देहीको सियारी गाउँपालिका–२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै मन्त्री भुसालले विगतको कृर्षि नीतिभन्दा भिन्न तरिकाले काम गरेका कारण यसको नतिजा देखिन समय लाग्ने बताउनु भएको हो । ‘पुरानो घरलाई तोडेर नयाँ घर बनाउने क्रममा केही सरसमानहरु यताउता छुट्न सक्छन्, यो क्रममा केही कमजोरी पनि हुन सक्छन्’, मन्त्री भुषालले भन्नुभयो , ‘अब केही वर्ष पर्खिनुहोस् सबैले देखिने गरि रिजल्ट आउछ ।’

मन्त्रालयले अहिले कृर्षि उत्पादनलाई भण्डारण गर्न सहज होस् भन्ने हिसाबले प्रत्येक पालिकामा गोदाम निर्माणको तयारी भइरहेको बताउनुभयो । ‘अहिले कृषिकै कार्यक्रममा पौने ५ अर्ब बजेट पालिकामा पठाएका छौँ,’ उहाले भन्नुभयो , ‘एक महिनाभित्र प्रत्येक पालिकामा भन्डारण गर्न मिल्ने गरि गोदाम बनाउन थप १ अर्ब पठाउने तयारी गरेका छौँ ।’

कृर्षि मन्त्रालय अन्य मन्त्रालयजस्तो काम गरेको तत्काल देखिने मन्त्रालय नभएको भन्दै उहाँले कृर्षि मन्त्रालयलाई एउटा घरकी कान्छी बुहारीसँग तुलना गर्नुभयो ‘एउटी घरकी कान्छी बुहारीले घरका ससाना जति काम गरे पनि देखिँदैन हो, त्यस्तै यो मन्त्रालय पनि भएको छ ।’ उहाले भन्नुभयो ।

कृषिको विकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको बताउनुभयो । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उद्योगले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताउनुभयो । स्वास्थ्य केन्द्र निमार्णका लागि अर्घाखाँची सिमेन्ट उद्योगले करिब एक करोड खर्च गर्न लागेको प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिनुभयो । ‘हामीले विगद केही वर्ष देखिनै स्वास्थ्य क्षेत्रमा लगानी गर्न चाहेका थियौँ । अहिले आएर अवसर पाएका छौँ’ उहाले भन्नुभयो ।
यो भवन यसै आर्थिक वर्षभित्र निमार्ण सम्पन्न गरेर हस्तान्तरण गर्ने अग्रवालले बताउनुभयो । ‘ए ग्रेड’को स्वास्थ्य चौकी निमार्णका लागि हामीले सहयोग गरेका छौँ । पछि यसलाई स्तरउन्नति गर्ने भए पनि उद्योगले थप सहयोग गर्ने छौँ ।’ उहाले भन्नुभयो । उद्योगका जिएम उद्वव कार्कीले उद्योगको सामाजिक उतरदायित्वअन्तर्गत यस्तो काम हरेक वर्ष हुने गरेको बताउँदै स्वास्थ्य क्षेत्रमा भने यो पहिलो भएको बताउनुभयो । गाउँपालिकाको विकासमा निजी क्षेत्रको सहयोग उल्लेख्य रहेको पालिका उपाध्यक्ष अमृता गुरुडले बताउनुभयो । मुलुकको विकास निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group