ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिप्लव समुहद्धारा मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या


एबीसी / संवाददाता
२३ मंसिर २०७७, मंगलबार   १२ : १९   बजे

विराटनगर, २३ मंसिर । प्रतित्रन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मोरङमा एक शिक्षकको अपहरणपछि हत्या गरेको छ । बिप्लव समुहले घरबाटै शिक्षकको अपहरण गरी जंगलमा लगेर गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । शिक्षक श्रेष्ठलाई बर्खे जंगलमा लगेर विप्लव समूहले हत्या गरेको एसपी खड्काको भनाई छ ।

प्रहरीका अनुसार आज बिहान सवा ६ बजेतिर चार–पाँच जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर जंगल लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर श्रेष्ठको हत्या गरिएको हो । सो घटनापछि त्यस क्षेत्रमा व्यापक परिचालन गरिएको छ । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको एसपी खड्काले जानकारी दिनुभयो । शिक्षक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुनुहुन्थ्यो । विप्लव समूहले भने यसबारे अहिलेसम्म केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu