काठमाडौं, २३ मंसिर । दैलेखमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । आफ्नै १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी ती पुरुषले गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ छोरीमाथि बलात्कार गरेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । पक्राउ परेका ती पुरुषमाथि मुद्धा दर्ता भइ दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्