ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले सच्चिएर संविधानको मर्म अनुसार चल्यो भने सबै कुरा ठिक हुन्छ – प्रतिपक्षी दल


एबीसी / संवाददाता
२३ मंसिर २०७७, मंगलबार   ५ : ०६   बजे

काठमाडौं, २३ मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् । बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकारले गरेका गलत कामहरुको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडका असन्तुष्टि देखिएको कुरा कांग्रेसले राखेको बतानुभएको हो । प्रणाली र लोकतन्त्रको खराबी नभई सरकार सञ्चालन गर्नेहरुको खराबीले सडकमा असन्तुष्टि देखिएको पनि नेताहरुले बताएका छन् । उहाँले सरकार सच्चिएर लोकतान्त्रिप पद्धतिको मर्म अनुसार काम गरेमा कुनैपनि विरोध प्रदर्शन नहुने कुरा राखेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको असन्तुष्टि भनेको मुलभुत रुपमा वर्तमान सरकार प्रतिको असन्तुष्टि हो । त्यो असन्तुष्टिलाई विभिन्न कोणबाट आफ्नो पक्षमा उपयोग गर्ने कोसिस गरिएको छ ।

त्यसकारण सरकार सच्चियो भने लोकतान्त्रिक पद्धति जुन स्थापित गरेका छौं त्यो प्रद्धति अनुरुप, त्यसको मर्म अनुसार सरकार चल्ने हो भने कुनैपनि प्रवृति सफल हुन सक्दैन । हामीले जुन संविधान निर्माण गरेका छौं हाम्रो सबैको सहमतिबाट बनेको संविधान हो । यो कार्यान्वयनमा जुन त्रुटी कमजोरी र विभेदकारी किसिमबाट निर्वाचित सरकारले उपयोग गर्ने कोशिस गरेको छ त्यसले गर्दा असन्तुष्टि देशमा बढेको छ । त्यसकारण सरकारले सच्चिएर संविधानको मर्म अनुसार चल्यो भने सबै कुरा ठिक हुन्छ ।’

यस्तै सरकारले आफू भन्दा फरक विचार राख्नेहरुमाथि गरेको दमनकारी व्यवहारबाट आजित भएर पनि सडका असन्तुष्टि देखा परेको कुरा राखेको पनि सहमहामन्त्री महतले बताउनुभयो । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई चलाएर लोकतान्त्रिक संविधानको मर्म विपरित काम गरेकाले पनि समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘विभेदकारी र दमनकारी खालको प्रवृति, दमन गर्ने, आफूभन्दा अलग विचार राख्नेहरुलाई दमन गर्ने र राज्यको साधन स्रोतको वितरणमा पनि विभेद गर्ने र राज्यको लोकतान्त्रिक संस्था, जुन लोकतान्त्रिक संविधान बनायौं त्यसको जुन मर्म छ त्यसलाई पनि कमजोर गर्ने जुन प्रयास भएको छ र दमनकारी काम जुन तनहुँमा रामचन्द्र पौडललाई रोकेको, छेकेको भनेको कुरा एउटा प्रतिक हो । देशभरी आम जनता देखि विपक्षी दलका नेता कार्यकर्ताहरुले दमन भोगिरहेको र विभिन्न अध्यादेश मार्फत देश चलाउन खोजेको र संसद पनि नबोलाइएका विषयलाई हामीले गम्भिर रुपमा उठायौं ।’

तत्काल संसद बैठक बोलाउन माग गरिएको पनि नेता महतले बताउनुभयो । उहाँले भन्नुभयो ‘समग्र विषयलाई छलफल गर्ने थलो भनेको निर्वाचित जनप्रतिनिधिहरुको थलो संसद हो । संसदको तत्काल बैठक डाक्न पनि माग ग¥यौं ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले पनि आफ्नो कुरा स्पष्टसँग राखेको तर कुनैपनि नेताहरुबाट प्रतिक्रिया नआएको बताएका छन् । राप्रपा नेता दीपक बोहराले सर्वदलीय बैठक राखेर राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वदलीय बैठक राखेर दुईवटा विषयमा खासगरी राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने कुरामा त्यो प्रस्ताव गरेपछि त्यसमा कसैतिरबाट पनि जवाफ आएन ।’ नेता बोहराले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको पनि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group