ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब कुकुरले पत्ता लगाउने भयो कोरोना


एबीसी / संवाददाता
२४ मंसिर २०७७, बुधबार   २ : ०२   बजे

काठमाडौं, २४ मंसिर । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पत्ता लगाउन विभिन्न विधिबाट परीक्षण हुँदै आएको छ । अहिले विश्वभर सबैभन्दा धेरै पीसीआर विधिबाट काभिड–१९ भाइरसको परीक्षण भइरहेको छ ।

यसबाहेक आरडीटी इन्टिजेन विधिबाट पनि कोभिड–१९ संक्रमण छ, छैन पत्ता लगाउने गरिएको छ । परीक्षणका नयाँ विधिहरु पनि विकास भइरहेका छन् । यसैबीच विश्वका केही देशमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्न थालिएको छ । कुकुरले पसिनाबाट आउने विशेष गन्धका आधारमा कोभिड–१९ संक्रमणको सुरुपाती चरणमै अवस्थालाई पत्ता लगाउन सक्ने दावी गरिएको छ ।

यस्तै प्रयोग अस्ट्रेलियामा गरिँदै छ। विदेशबाट आउने व्यक्तिमा संक्रमण छ, छैन पत्ता लगाउन विमानस्थलमा कुकुरको परिचालन गर्न लागिएको हो। एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा।सुसन हाजेलका अनुसार यात्रु संक्रमित भए नभएको प्रारम्भिक जाँचका लागि यस्ता कुकुरको प्रयोग हुनेछ। यसरी कुकुरावाई परिचालन गर्न तालिमसमेत दिइसकिएको हाजेलले बताइन्। यसरी तालिम दिइएका कुकुरले कोरोना संक्रमणको सुरुवाती चरणमा रहेका तर पीसीआर परीक्षणको गर्दा नेगेटिभ रिापोर्ट आएकामा रहेको कोरोना संक्रमणको अवस्थासमेत पत्ता लगाउने दावी गरिएको छ ।

अस्ट्रेलियन बोर्डर फोस, जैविक सुरक्षा विभाग, आपत्कालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा अस्टे«लियाले कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन गर्न लागेको हो। यसअघि फिनल्यान्डले पनि हेलसिन्की विमानस्थलमा संक्रमित पहिचानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरिसकेको छ । दक्षिण अमेरिकी देश चिली, युरोपको जर्मनीलगायतका देशमा पनि कोरोना संक्रमित पत्ता लगाउन कुकुरको प्रयोग गरिएको खबरहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu