ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै दाजुबाट सात वर्षसम्म बलात्कृत भएको भन्दै अदालतमा मुद्दा दायर


एबीसी / संवाददाता
२६ मंसिर २०७७, शुक्रबार   १२ : ०५   बजे

काठमाडौँ, २६ मंसिर । लामो समयसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवतीले अदालतमा मुद्दा दायर गरेकी छन्। पाल्पाको साविक दोमान गाविस–५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन्। बलात्कार मुद्दा अनुसन्धानको हद म्याद नाघिसकेकाले ती युवतीले हाडनाता करणी शीर्षकमा अदालतमा मुद्दा दिएकी हुन्।

ती युवतीको हाल बुटवल नगरपालिका जैकुरी टोलमा बस्दै आएकी छन्।उनले पाल्पा जिल्ला अदालतमा बुधबार आफ्नै दाजुले बलात्कार गरेको भन्दै हाडनाता करणीउपर कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले बताउनुभयो । उहाँका अनुसार युवतीको मुद्दाउपर अदालती कारबाही सुरू भइसकेको छ। बलात्कार मुद्दाको हदम्याद एक वर्षको हुन्छ। त्यसपछि आउने मुद्दाको अनुसन्धान जटिल हुने हुँदा पीडितले न्याय पाउने सम्भावना एकदमै कम हुने बस्याल बताउनुहुन्छ । तर, मुलुकी अपराध संहितामा हाडनाता करणीमा भने जहिले पनि पीडितले अदालतमा गएर मुद्दा दिन पाउँछन्। उनले पाल्पामा रहँदा आफू सातदेखि १४ वर्षसम्म दाजुबाट बलात्कारको सिकार भएको आरोप लगाएकी छिन्। यसरी सात वर्षसम्म दाजुबाट बलात्कृत हुँदा आफू मानसिक रूपमै अस्वस्थ भएको उनले बताइन्। उनले आरोप लगाएका व्यक्ति पेशाले स्वास्थ्यकर्मी हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu