ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबिरुद्ध भ्याक्सिन लगाएकाको ‘गलत एचआईभी पोजेटिभ’ रिपोर्ट आएपछि अष्ट्रेलियाबाट भ्याक्सिन निर्माण खारेज


एबीसी / संवाददाता
२७ मंसिर २०७७, शनिबार   ८ : १२   बजे

अष्ट्रेलियामा परीक्षणका क्रममा रहेको भ्याक्सिनमा एचआईभीमा पाइने प्रोटिनको अंश प्रयोग गरिएका कारण सहभागीहरुमा गलत ढंगले एचआईभी रिपोर्ट पोजेटिभ आएपछि सरकारले भ्याक्सिन कार्यक्रम नै खारेज गरेको छ । भ्याक्सिनमा प्रयोग गरिएको उक्त प्रोटिनको अंशका कारण एचआईभी परीक्षणका क्रममा देखिने एन्टीबडी ट्रिगर भएको जनाइएको छ ।

तर गलत एचआईभी पोजेटिभ देखिएपनि उनीहरुमा भने वास्तविक रुपमा भने एचआईभी नरहेको जनाइएको छ । यद्यपी ७५० मिलियनको परीक्षण कार्यक्रम सरकारले रद्द गरिदिएको छ । कोरोना भाइरसको भ्याक्सिन कार्यक्रम रद्द गर्ने अष्ट्रेलिया पहिलो देश हो ।

युनिभर्सिटी अफ क्वीन्सल्याण्ड र अष्ट्रेलियन बायोटेक फर्म सीएसएलले भ्याक्सिनको परीक्षण गरिरहेका थिए । यो भ्याक्सिनका लागि अष्ट्रेलियाको सरकारले सहायता उपलब्ध गराएको थियो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्कट मोरिसनले परियोजना खारेज गरिएको घोषणा गरेका छन् ।

विश्वासमा कुनै प्रश्नचिन्ह खडा हुन नहुने भएकाले परियोजना खारेज गरिएको उनले बताए । अष्ट्रेलियन जनताको संरक्षणका लागि यस्तो निर्णय गरिएको उनले बताए । सरकारले देशभित्रको परियोजना खारेज गरेपनि फाइजरका १२० मिलियन अतिरिक्त डोज, आष्ट्राजेनेकाका अतिरिक्त २० मिलियन डोज र नोभाभ्याक्सका अतिरिक्त ११ मिलियन डोज अर्डर गर्ने भएको छ ।

परीक्षणमा रहेको भ्याक्सिनले एचआईभी परीक्षणको गलत रिपोर्ट आउनेगरी एन्टीबडी उत्पादन गरेको स्वास्थ्यमन्त्री ग्रेग हन्टले बताएका छन् । गलत एचआईभी पोजेटिभ रिपोर्टका आएपनि भ्याक्सिनले भने कोरोनबिरुद्ध लड्न प्रभावकारी रुपमा काम गरेको संकेत आएको युनिभर्सिटी अफ क्वीन्सल्याण्डले जनाएको छ ।

तर अब भ्याक्सिन उत्पादन कम्पनीले दोश्रो र तेश्रो चरणको परीक्षण नगर्ने भएको छ । भ्याक्सिनका कारण एचआईभी संक्रमण हुने कुनै कारण नरहेको र फ्लोअप परीक्षण गर्दा परीक्षण सहभागीहरुमा एचआईभी भाइरस रहेको नपाइएको युनिभर्सिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu