ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा बैठक बालुवाटारमा बस्दै : शोक प्रस्ताव पारित गरेपछि नेकपा बैठक स्थगित हुने


एबीसी / संवाददाता
२८ मंसिर २०७७, आइतबार   ९ : ४९   बजे

काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ । एक नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची तर्फ नबढाउने प्रचलन छ ।

संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार, आजको बैठक शोक प्रस्ताव पारित भएसँगै स्थगित हुनेछ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ ।

बैठकको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको संकटबारे छलफल गर्नु नै स्थायी कमिटी बैठकको कार्यसूची रहेको जनाएका थिए ।

गत आइतबार बसेको स्थायी कमिटी बैठक एक सातापछि आज पुनः आइतबार दिउँसो बस्न लागेको हो । यसअघिको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसेपनि आजको बैठक बालुवाटार बस्ने तय भएको स्थायी कमिटीका सदस्यहरुले बताउनुभएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता हुने बताइएको छ । यसअघिको बैठकमा उहाँ अनुपस्थित रहनुभएको थियो ।

दुई अध्यक्ष ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव अध्ययनका लागि वितरण गरिए पनि बैठकको एजेण्डा भने ‘पार्टीको आन्तरिक समस्या’ तय गरिएको छ । स्थायी कमिटीमा ४५ जना सदस्य हुनुहुन्छ । सबै सदस्यहरुले आफ्नो धारणासहितको छुट्टाछुट्टै प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा पुनः शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu