ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको घोषणालाई विश्वास नगरिरहेका स्थानीयवासी जब स्वास्थ्यचौकीको पुरानो भवनलाई उजिल्याउन थालियो, तब आश्चार्यमा परे


एबीसी / संवाददाता
२८ मंसिर २०७७, आइतबार   १ : ५९   बजे


काठमाडौं, २८ मंसिर । तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए । नयाँ पक्की भवनमा स्वास्थ्यचौकी सरेपछि पुराना भवनमा कसैको ध्यान गएन । झार पलाउन थाल्यो, स्थानीयवासीले भवन भत्किएर जाने आकलन गर्न थाले ।

गत वर्ष फागुन ११ आफ्नो ६९औँ वार्षिकोत्सव आफ्नो जन्मस्थानमा बिताउने उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओली पुख्र्यौली घर आठराई–४ इवा आउनुभयो । कतिपयले आलोचनासमेत गरेको उहाँको जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीले इवामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेर फर्कनुभयो । प्रधानमन्त्रीको घोषणालाई विश्वास नगरिरहेका स्थानीयवासी जब स्वास्थ्यचौकीको पुरानो भवनलाई उजिल्याउन थालियो, तब भने आश्चार्यमा परे । सबैको जिज्ञासा थियो, यहाँ के हुन लागेको होला रु

नेताहरुका आश्वासन वर्षौँसम्म पूरा हुँदैनन् भन्ने सुनेका उनीहरु पुरानो भवनमा प्राविधिक शिक्षालय सञ्चालनको शुरुआत हुने सुनेपछि उक्त कुरामा विश्वास गर्न छाडे । प्रधानमन्त्रीको घोषणाको आठ महिना नबित्दै पुराना भवन मर्मत भए । नवौँ महिनामा यहाँ प्राविधिक शिक्षालयका आन्तरिक संरचना तयार पारिए । प्राध्यापक आए, विद्यार्थी भर्ना आवदेन लिइयो, अध्ययन गर्न पाउने विद्यार्थीको सूची सार्वजनिक भयो ।

शुक्रबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईबाट बहुप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन भएपछि यहाँका गणेश प्रसाईँले भन्नुभयो, “साँच्चै नेताहरुले चाहँदा जे पनि हुनेरहेछ । अब बहुप्राविधिक शिक्षालयले यहाँको अवस्था बदल्ने छ ।” शिक्षालय सञ्चालनमा ल्याइएको पुरानो भवन, रनदल आधारभूत विद्यालय र वडा कार्यालय रहेको चोकमा व्यवसाय सञ्चालन गर्ने प्रसाईँ मात्रै होइन, दुर्गम इवामा बहुप्राविधिक शिक्षालय स्थापना भएपछि तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकाका सबै स्थानीयवासी खुशी भएका छन् ।

स्थानीयवासीले सोचेका थिए– बहुप्राविधिक शिक्षालयका लागि भवन बन्ला अनि पढाइ शुरुआत होला तर आजदेखि यहाँ ८० विद्यार्थीले बाली विज्ञान र पशु विज्ञान विषय पढ्न थाल्नेछन् । “प्रधानमन्त्रीको यहाँ जन्म हुनु नै हाम्रो ठूलो भाग्य रहेछ”, इवाका नरेन्द्रकुमार इङ्नामले भन्नुभयो, “प्रधानमन्त्रीकै पहलमा यहाँ बहुप्राविधिक शिक्षालय स्थापनाले आम आठराईवासी खुशी छौँ ।” दुर्गम क्षेत्रका निकै कम विद्यार्थीले मात्रै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने गरेको तर त्यसका लागि टाढा पुग्नुपर्ने र ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको इङ्नामको भनाइ छ । यहाँ स्थापित शिक्षालयले तेह्रथुमसहित छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङका विद्यार्थीले समेत कम खर्चमा प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

आठराई–४ का वडाध्यक्ष श्यामकुमार भट्टराई प्रधानमन्त्रीले जन्मदिनको अवसरमा गर्नुभएको घोषणाको प्रतिफलस्वरुप बहुप्राविधिक शिक्षालय स्थापना भएको बताउनुहुन्छ । “तेह्रथुममा कुनै पनि प्राविधिक शिक्षालय नभएका कारण हामीले पटक–पटक यसबारे आवाज उठाउँदै आएका थियौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो, “प्रधानमन्त्रीले जन्मदिनमा घोषणा गर्नु भएअनुसार नौ महिनामै प्राविधिक शिक्षालयमा पठनपाठन शुरुआत भएको छ ।” प्रधानमन्त्री ओलीको घोषणाअनुसार उहाँको जन्मघर छेउ तीनसल्लेमा तत्कालै भवन निर्माण पूरा नभएको अवस्थामा अस्थायीरूपमा शिक्षालय स्थापना भई पठनपाठन शुरु हुनु झनै खुशीको विषय रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले औपचारिक शिक्षाको शुरुआत गर्नुभएको इवास्थित प्रणामी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकी यहाँ प्राविधिक शिक्षालय स्थापनाले पूर्वी पहाडका आम सर्वसाधारण खुशी भएको बताउनुहुन्छ । “यहाँका नानीहरु बाहिर गएर पढ्नुपथ्र्यो, विज्ञान सङ्काय कहीँ पढाइ हँुदैनथ्यो”, बुढाथोकीले भन्नुभयो, “आफ्नै ढिँडोरोटो खाएर आफ्नै ठाउँमा पढ्न पाएका छन् । यो अत्यन्तै खुशीको कुरा छ ।” आफ्नी छोरीलाई करिब एक लाख ८० हजारमा प्राविधिक शिक्षा पढाइरहनुभएका प्रधानाध्यापक बुढाथोकी आठराईमा करिब रु ५० हजारको लागतमा सोही तह पठनपाठन हुने कुराले झनै दङ्ग हुनुहुन्छ । प्रधानमन्त्री जन्मगाउँबाट शुरुआत भएको प्राविधिक शिक्षा विस्तारको कार्य देशका अन्य गाउँमा समेत पुगी बेरोजगार उत्पादन गर्ने शिक्षाको अन्त्य हुने उहाँको विश्वास छ ।

तेह्रथुम बुहप्राविधिक शिक्षालय तेह्रथुमका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत इवामा ५९औँ बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । यहाँ कृषि विज्ञानअन्तर्गत बाली विज्ञान र पशु विज्ञानको अध्यापन हुनेछ । यहाँ तत्कालै ८० विद्यार्थी रहनेछन् । शिक्षालयमा केही प्राध्यापक तथा कर्मचारी नियुक्त गर्न बाँकी रहेको भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीको जन्मस्थान तीनसल्लेमा ‘केपी ओली ट्रष्ट’ले शिक्षालयलाई ३० रोपनी जमिन उपलब्ध गराइसकेको छ । तर उक्त स्थानमा भवन निर्माणका लागि गुरुयोजना निर्माण मात्रै सम्पन्न भएको छ । “विस्तृत परियोजना प्रतिवेदन निर्माण हुनेबित्तिकै भवन निर्माण अघि बढाउछौँ”, भट्टराईले भन्नुभयो, “अहिले उपयुक्त ठाउँका रूपमा स्वास्थ्यचौकीका पुराना भवन र एक सामुदायिक भवन भेटिएपछि यहाँ अध्यापन शुरुआत गरिएको हो ।”

दुर्गम ठाउँ भए पनि यहाँ ८० जनाको कोटामा १३६ विद्यार्थीले अध्ययनका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षामा प्राप्त अङ्कका आधारमा ८० जना छनोट भएका छन् । असीभन्दा कम विद्यार्थी हुने आकलन गरिए पनि धेरै आवेदन आउनुले प्राविधिक शिक्षामा विद्यार्थी तथा अभिभावकको आकर्षण कति छ भन्ने स्पष्ट भएको भट्टराई बताउनुहुन्छ । यहाँ कतिपय अप्राविधिक विषयको अध्यापनका लागि स्थानीय शिक्षकहरुको समेत सहायता लिइने भएको छ ।

तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध मुलुकका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने हुँदा यस्ता जनशक्ति उत्पादनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । “दक्ष जनशक्तिले एक त राष्ट्रलाई समृद्ध र सबल बनाउन सहयोग गर्ने भए, अर्को आफैँ स्वरोजगार हुने भए”, मुख्यमन्त्री राईले भन्नुभयो, “त्यसैले प्रदेश सरकारले आफैँ पनि बहुप्राविधिक विश्वविद्यालय निर्माणको अवधारणा अघि सारेको छ ।”

ग्रामीण बस्तीमा यस प्रकारका ठूला संरचना निर्माणले त्यहाँ व्याप्त बेरोजगारी, अशिक्षा, पछौटेपन, पूर्वाधार अभाव, बसाइँसराइजस्ता समस्या समाधानमा सहयोग पुग्ने सामाजिक क्षेत्रका जानकार बताउँछन् । इवाका व्यवसायी प्रसाईँ दैनिक ८० विद्यार्थीसहित न्यूनतम १०० जनाको चहलपहल हुँदा स्थानीयस्तरमा आर्थिक तथा व्यापारिक कारोवार बढ्ने र सेवा तथा सुविधा थपिँदै जानेमा आशावादी देखिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group