काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा फेरी राजा आउँछ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
आफ्नो पार्टी गणतन्त्र स्थापना गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै देउवा राजा आउने भ्रममा नपर्न आग्रह गर्नुभएको हो । हेटौडामा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारकै कारण सडकमा राज आउ देश बचाउ भन्दै नारा लागेको बताउनुभयो ।
उहाले अहिलेको प्रदर्शनको जिम्मेवार केपी शर्मा ओली नेतृत्वको सरकार नै भएको बताउनुभयो । सरकारविरुद्ध आज कांग्रेसले देशभरी नै प्रदर्शन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्