ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई अध्यक्षले दोस्रो पटक छलफल गरेपछि नेकपा स्थायी कमिटी बैठकमा ओली पनि सहभागी


एबीसी / संवाददाता
१ पुस २०७७, बुधबार   ५ : २०   बजे

काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेपछि सुरु भएको नेताहरूले बताएका छन् ।

स्थायी कमिटी बैठक बस्नुअघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । दुई अध्यक्षबीच दोस्रो पटक छलफल भएपछि प्रधानमन्त्री ओली बैठक बस्न सहमत हुनुभएको र ४ बजेपछि बैठक बसेको नेकपा स्रोतले जनाएको छ ।

१ बजेका लागि तय भएको बैठक रोकेर केही नेताहरूले दुई अध्यक्षलाई मिलाउने प्रयास गरेका थिए । दुई अध्यक्षबीचको वार्तामा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, शङ्कर पोखरेल र घनश्याम भुसाल पनि सहभागी भएका थिए ।

गएको २१ र २८ गतेको स्थायी कमिटी बैठककै निरन्तरता स्वरूप बुधबारको बैठक सुरु भएको हो । यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भएको भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो ।

यसैबीच बुधबार प्रचण्ड–माधव नेपाल समूहका केही नेता ८० जना सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका थिए । संसद्को विशेष अधिवेशन माग गर्दै नेता भीम रावल, पम्फा भुसाललगायत नेताहरू राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् ।

तर शितल निवासले भने त्यसलाई दर्ता गर्न नमानेको बताइएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले जनाएको छ । मङ्गलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु भएसँगै नेकपाभित्रको विवाद झन् बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu