ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर दुर्घटना प्रकरण : महिलाको मृत्युमाथिको शंका पुष्टि भएन, यस्तो भयो सहमति


एबीसी / संवाददाता
३ पुस २०७७, शुक्रबार   १० : २८   बजे

काठमाडौं, ३ पुस । भक्तपुर दुर्घटना प्रकरणमा महिलाको मृत्युमाथि परिवारले गरेको आशंका अनुसन्धानबाट पुष्टि नभएको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमको प्रतिवेदनले पनि ३० वर्षीया रिया श्रेष्ठको दुर्घटनामा ठोक्किएका कारण मृत्यु भएको निष्कर्ष निकालेको हो।

चालक कार्कीले कार तीव्र गतिमा रहेको जस्तो लागेपछि मिटरमा हेर्दा अचानक अगाडि गाईको बाच्छा देखेको बताएको प्रहरीले जनाएको छ । बाच्छा जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएको कार्कीको दाबी छ ।
प्रहरीका अनुसार घटना भएका वेला रञ्जित र रिया नगरकोट गएर फर्किएका थिए । घर फर्किइसकेपछि राधेराधेबाट दुई जना साथीले बोलाएपछि उनीहरु लिन गएका थिए । त्यसक्रममा फर्किँदा दुर्घटना भएको हो ।
भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरी का आधारमा अनुसन्धान गर्दा शंकास्पद विषयहरु भेटिएनन् । त्यसपछि दुवै पक्षले छलफल गरेर मृतक श्रेष्ठकी ७ वर्षीय छोराको नाममा क्षतिपूर्ति रकम जम्मा गर्ने गरी सहमति भएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत ५ लाख २५ हजार रुपैयाँसहित बच्चाको पढाइका लागि थप ६ लाख २५ हजार रुपैयाँ गरी साढे ११ लाख रुपैयाँ खातामा जम्मा गरिदिने सहमति भएको छ । दुर्घटनामा कारको अगाडिपट्टीको भाग फलामको बार भएको पोलमा ठोक्किएर ६० फिटसम्म क्षति पुगेको थियो । यत्रो दुर्घटना हुँदा अरुलाई केही नहुनु शंकास्पद भएको मृतकका पति राजुले दाबी गरेका थिए ।

तर, अनुसन्धान अधिकृतहरुले भने कार्कीले घटनापछि युवतीलाई उठाएर सर्भिस ट्र्याकमा ल्याएर राखेको पाइएको बताएका छन् । मृत्यु भइसकेको थाहा पाएपछि भाग्नु चाहिँ चालक कार्कीलगायतको गल्ती भएको प्रहरीको भनाइ छ ।

महिलाले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर अगाडि पुगेको प्रहरीको निष्कर्ष छ । दुवै जनाले मादक पदार्थ सेवन गरेको आशंका गरिए पनि समयमै परीक्षण गर्न नपाउँदा पुष्टि नभएको प्रहरीको भनाइ छ । सवारी ज्यान सम्बन्धी कसूरमा कार्की अझै थुनामा छन् । कानुनतः २५ दिन अगावै यस किसिमको मुद्दाको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउनुपर्छ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, कौशलटारमा २१ मंसिरमा बा ८ च ४७५६ नम्बरको कार दुर्घटना हुँदा २१ मंसिरमा श्रेष्ठको मृत्यु भएको थियो भने कार चालक रञ्जित कार्कीसहित अन्य दुई जना भने सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group