ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको भेटघाटले साम्य होला नेकपा भित्रको विवाद ?


एबीसी / संवाददाता
४ पुस २०७७, शनिबार   २ : ४७   बजे

काठमाडौं, ४ पुस ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब ४५ मिनेट छलफल भएको छ । उहाँहरुको यो भेटघाट यस अघि हुने गरेको भेटघाटकै निरन्तरता रहेको कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसअघि बालुवाटारमा छलफल हुन्थ्यो । यो अघिपछि भईरहेको छलफलकै निरन्तरता हो । विशेष अरु होईन । पार्टी एकतालाई कसरी बचाउने भन्ने विषयमै अध्यक्षहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरिराख्नुभएको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक प्रस्ताव पार्टी कमिटीमा छलफल गरेर निष्कर्षतिर लान पहल, प्रयत्न गरिराख्नुभएको छ । यो निरन्तरताको छलफल हो ।’

नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपा भित्र निकै चासो साथ हेरिएको छ । प्रचण्ड – नेपाल समुहले प्रधानमन्त्री र अध्यक्षमध्ये दुई पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिईरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउदै आउनुभएको छ । दुवै पक्षले आ–आफ्नो समुहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक सम्वैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणपछि नेकपाको विवाद झनै चर्किएको थियो ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपाभित्र निकै चासोका रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डसँग छलफल गरेर ओली गृहमन्त्री रामबहादुर थापा बादलको निवास पुल्चोक पुग्नुभएको छ ।

पुल्चोकमा ओलीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र कानुनमन्त्री शिवमायाँ तुम्बाहाम्फे पनि सहभागी हुनुभएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिइरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउँदै आउनुभएको छ ।

दुवै पक्षले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपाको विवाद थप बढेको छ । नेकपाले पौष ५ गते स्थायी कमिटी र पौष १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu