ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली निकट नेता र सांसद बालुवाटारमा, प्रचण्ड–नेपाल निकट सांसदको भेला दिउँसो १ बजे


एबीसी / संवाददाता
६ पुस २०७७, सोमबार   ९ : ३०   बजे

काठमाडौं, ६ पुस ।  प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु अलगअलग समुहगत छलफलमा व्यस्त हुन लागेका छन् ।

प्रधानमन्त्रीको असंवैधानिक कदमपछि पार्टी विभाजनको औपचारिक घोषणा मात्र बाँकी हुन लागेको अवस्थामा ओली निकट नेता र सांसदहरु बालुवाटारमा जम्मा हुन थालेका छन् । प्रचण्ड नेपाल निकट नेता र सांसदहरु संसदको लोत्से हलमा भेला हुँदैछन् ।

ओलीले बिहान ९ बजे आफु निकटहरुलाई बालुवाटारमा बोलाएका हुन् । मध्यावधि चुनावको घोषणा गरेका ओलीले अब चुनावमा केन्द्रित हुन उनीहरुलाई निर्देशन दिने बुझिएको छ । सो भेलाबाट पार्टीमा प्रचण्ड–नेपालहरुले चाल्ने रणनीतिको काउन्टर गर्न समेत योजना बन्ने उनी निकट एक नेताले बताए ।

ओलीले असंवैधानिक कदम चालेपछि मर्माहत भएका प्रचण्ड–नेपाली पक्षीय नेताहरु एवं सांसदहरु दिउँसो १ बजे संसदको लोत्से हलमा भेला हुने भएका छन् । प्रधानमन्त्री निवासमै स्थायी कमिटीको बैठक बसेर ओलीमाथि अनुशासनको कारवाहीको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेका नेताहरुले सो भेलामा नेता सांसदहरुलाई विभाजनकारी ओली प्रवृत्तिविरुद्ध एकजुट बनिरहन निर्देशन दिने बुझिएको छ ।

प्रचण्ड–नेपालहरुले सर्वोच्च अदालतले सरकार र राष्ट्रपतिको असंवैधानिक कमदलाई साथ नदिने विश्वास गरेका छन् । अदालतमार्फत पुनस्र्थापित हुने संसदमा आफ्नो पोजिशन बलियो बनाउन समेत अहिलेदेखि नै तयारी अवस्थामा रहनुपर्ने गरी नेताहरुबाट निर्देशन आउने प्रचण्ड निकट एक नेताले बताएका छन् ।

आजै नयाँ परिस्थितिबारे कसरी मिलेर जान सकिन्छ भन्नेबारेमा नेकपा, नेपाली काँग्रैस र राष्ट्रिय जनता पार्टी राजपाबीच पनि थप छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu