काठमाडौं, ६ पुस । । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित हुनुभएको छ । प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निकट सांसदहरूको बैठक बोलाउनु भएको छ । आजै दिउँसो प्रचण्ड माधव नेपाल पक्षले पनि आफू निकट सांसदहरूको छुट्टै बैठक बोलाएका छन् दाहालले आफूसहित २० जना सांसदहरू दुवैतिरको बैठकमा नजाने बताए । बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् । लेखराज भट्टसमेत सहभागी हुनुभएको छ । गृहमन्त्री रामबहादुर थापा भने बालुवाटारको बैठकमा सहभागी हुनु भएको छैन । संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्