काठमाडौं, ६ पुस । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताउनुभएको छ । सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने आइतबार मितिसमेत तोकेको थियो। देश अँध्यारो सुरूङमा फसिसकेको उहाले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद आइतबार भंग गर्नुभएको थियो । सोमबार ट्वीट गर्दै भट्टराईले सरकारले भनेजस्तो वैशाखमा चुनाव नहुने बताउनुभएको हो । ‘वैशाखमा चुनाव हुनेवाला छैन,’ भट्टराईले भनेका छन्, ‘देश अँध्यारो सुरूङमा फसिसक्यो। संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।’ भट्टराईले अब शशक्त प्रतिरोध गर्नुपर्ने समेत बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्