ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट पार्टी, मार्क्सवाद र लेनिनवादसँग ओलीलाई एलर्जी भएजस्तो छ : माधव नेपाल


एबीसी / संवाददाता
६ पुस २०७७, सोमबार   ५ : ५३   बजे

काठमाडौं, ६ पुस ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिष्ट पार्टी, मार्क्सवाद र लेनिनवादसँगै एलर्जी भएको बताउनुभयो । सोमबार दिउँसो संसद भवन बानेश्वरमा बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू पक्षीय सांसदहरूको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीका पछिल्ला गतिविधिले उनमा कम्युनिष्ट पार्टीप्रति एलर्जी भएको जस्तो देखिएको बताउनुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन संविधानविपरीत भएकाले त्यो स्वेच्छाचारी कदमलाई आफूहरूले नमान्ने उहाले बताउनुभयो । ‘क्याबिनेटको सिफारिसमा राष्ट्रपतिबाट जे गरियो त्यो गलत छ। यो नेकपाका सांसदहरूको मात्र होइन अरूको पनि भावना पनि विपरीत छ,’ नेपालले भन्नुभयो ,‘हामी प्रतिनिधि सभा विघटन मान्न तयार छैनौं। किनकी ९० जना सांसदले सभामुख र महासचिवलाई हस्ताक्षर बुझाउनु भएको छ।

उहाले अत्याधिक सदस्य संसद विघटनको विपक्षमा रहेको बताउनुभयो । ुदेशभरि त्यसको विरोध भइरहेको छ, हाम्रै पार्टीका नेता कार्यकर्ता विरोधमा छन्,’ नेपाली कांग्रेस र समाजवादी दलसँग छलफल गरेर सँगै जाऔं भन्ने छ।’ उहाले भन्नुभयो ।

बरिष्ठ नेता नेपालले ओलीमा एकाधिकारवादी चिन्तन, मैले जे गर्छु ठीक गर्छु भन्ने सोच, गल्ती आलोचना नस्वीकार्ने स्वभाव, बैठक गर्न नचाहने, अर्का अध्यक्षको अधिकार खोस्ने, अध्यक्ष र पार्टीका कमिटीको मानमर्दन गर्ने, बहुमतको निर्णय स्वीकार्न तयार नहुने, पार्टीको विधान मान्नु नपर्ने सोच रहेको बताउनुभयो ।
‘उहाँ एकता प्रक्रिया भंग गर्ने पक्षमा देखिनु भयो। संसद विघटन हुन्न हुन्न होला जस्तो भन्ने लागेको थियो। उहाँले गरिदिनुभयो,’ नेपालले भन्नुभयो ।  बैठकलाई सम्बोधन गर्दै अर्का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको निर्णयलाई अस्वीकार गर्नुपर्ने र यसका लागि जनतालाई एकतावद्ध गर्नुपर्ने बताउनुभयो । ुसंविधान कुल्चेर जुन कदम चाल्नुभयो त्यो जनविरोधी छ। हामी सर्वोच्च अदालत जान्छौं। आज भेला भएको छ। आफ्नो निर्वाचन क्षेत्रमा गएर यसको विरोध गर्न तपाईंहरू आह्वान गर्नुस्,’ उहाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group