ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको अलग अलग केन्द्रीय कमिटी बैठक बस्दै, बालुवाटारमा जम्मा हुँदै


एबीसी / संवाददाता
७ पुस २०७७, मंगलबार   ९ : ५१   बजे

काठमाडौ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज दुई ठाउँमा बस्दैछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । विहान ९ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरु पुग्नेक्रम जारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाको अलग अलग बैठक हुन थालेपछि पार्टी अनौपचारिक रुपमा फुटको संघारमा पुगिसकेको तर औपचारिकरुपमा घोषणा हुन मात्र बाँकी रहेको नेताहरुको बुझाई छ । केन्दीय सदस्य नारदमुनी रानाले आफू बालुवाटार पुगिसकेको र अन्य सदस्यहरु आउनेक्रम जारी रहेकाले १० बजेसम्म बैठक शुरु हुने जानकारी दिनुभयो । उता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले दिउँसो १ बजेकालागि केन्द्रीय कमिटी बैठक आव्हान गरेको छ । सो बैठकमा आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै पार्टीबाट कारवाही गर्ने कार्यसूची तय भएको सो पक्षका नेताहरुले जानकारी दिनुभएको छ ।

यता अध्यक्ष ओलीले आफूलाई प्रचण्ड पक्षको भेलाले कारवाही गर्न नसक्ने वल्की विश्वलाई हँसाउने नौटङ्की गर्न लागेको टिप्पणी गर्नुभएको छ । हिजो सोमबार पनि दुवै पक्षका अलग अलग भेलाहरु सम्पन्न भए । हिजो अध्यक्ष ओलीले आफ्नो पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई विहान ९ बजेकालागि बालुवाटारमा बोलाएर छलफल गर्नुभयो । उता अध्यक्ष प्रचण्ड पक्षकाले नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल गर्नुभयो ।

आजको दुवै बैठकमा पार्टीको वर्तमान संकट र अगाडि बढ्ने रणनीतिबारे छलफल र निर्णय गर्ने दुवै पक्षका नेताहरुले बताउनुभएको छ । नेकपा दुई खेमामा विभाजित भएपछि नेता तथा विघटित सांसदहरुलाई आफ्नो पक्षमा तान्ने कसरत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group