काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लाग्नु भएको छ । थापा र रायमाझी पूर्वमाओवादी हुन् । अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् । पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट यसअघि नै ओलीतिर लाग्नु भएको थियो । उहाँ प्रधानमन्त्री ओलीले सोमबार बोलाएको सांसदहरुको भेलामा मञ्चमै रहनु भएको थियो । सांसदहरुको भेलामा नदेखिएका रायमाझीसँगै स्थायी कमिटी सदस्य मणि थापा भने केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्