काठमाडौं, ७ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समुह निकट केन्द्रीय सदस्यहरुको बैठकमा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओलीले ११९ जना पछि थप गर्ने गरी महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गर्नुभएको हो । साविकको ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई ११९९ पुर्याएर ओलीले त्यहाँ आफु निकट नेताहरुलाई थप्नु भएको छ । बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले पार्टी नफुटाउने बताउनु भएको छ । उहाँले कुनै पनि नेतालाई कारवाही गर्ने जनाउँदै महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्