काठमाडौं, ७ पुस। प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको केन्द्रीय कमिटी विस्तार गर्नुभएको छ । नेकपाको आज बसेको बैठकमा वर्तमान ४४६ जना केन्द्रीय कमिटिमा ५५७ जना थप गरि एक हजार तीन सदस्यीय केन्द्रीय कमिटी विस्तार गर्नुभएको हो । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले केन्द्रीय कमिटी विस्तार गर्नुभएको प्रधानमन्त्रीका प्रेसबिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारित केन्द्रीय कमिटीमा सदस्यको संख्या एक हजार तीन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्