काठमाडौँ , ७ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी छ । बैठक केहीबेर अघिदेखि बसिरहेको एक नेताले जानकारी दिनुभयो । स्थायी कमिटी बैठक लगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि प्रचण्ड–नेपाल समूहले थप रणनीति तय जारी स्थायी कमिटी बैठकबाट गर्ने भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुभएको छ । नेकपाका अर्का अध्यक्ष ओली समूहनिकट केन्द्रीय कमिटी बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्