काठमाडौँ , ७ पुस । फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताउनु भएको हो ।
बैठकमा सहभागी केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार ओलीले केन्द्रीय सदस्यहरूलाई चुनावमा केन्द्रित हुन पर्ने निर्देशन दिनु भएको छ । ‘उहाँले प्रत्यक्षतर्फ १ सय २० र समानुपातिकमा ५० लाख भोट ल्याउने लक्ष्य राखेर काम गर्न भन्नुभयो,’ भट्टराईले भन्नुभयो। यसअघि गत आइतबार ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका थिए। उक्त कदमविरूद्ध सर्वोच्च अदालतमा ११ रिट दर्ता भएका छन्।
प्रतिक्रिया दिनुहोस्