ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय समिति बैठक जारी : सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच चर्काचर्की (कारण यस्तो)


एबीसी / संवाददाता
९ पुस २०७७, बिहिबार   ९ : १७   बजे

काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तेस्रो दिन आज पनि जारी रहने भएको छ । आज दिउसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दैछ । हिजो दोस्रो दिनको बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मीसंग कुरा गर्दै आजको बैठकले संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने बताउनुभएको छ । तर बैठकमा चुनावमा जाने कि आन्दोलनमा भन्ने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको थियो । देउवा पक्ष चुनावमा सहभागी भएर कांग्रेसलाई आएको अवसर उपयोग गर्नुपर्ने पक्षमा छ भने पौडेल समूह आन्दोलनमा जानुपर्ने अडानमा छ । प्रवक्ता शर्माले भने संसद् विघटनपछि पुस ५ गते बसेको पार्टीको पदाधिकारी बैठक र कांग्रेसकै संयोजनमा बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभा भंग गर्ने कदमलाई असंवैधानिक ठहर गरिसकेकाले कांग्रेस विरोधमै जाने दाबी गर्नुभएको छ । बुधबारको बैठकमा रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना र गगनकुमार थापाले धारणा राखेका थिए । बैठकले पुस १६ गते मेलमिलाप दिवस मनाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’बाट दुईजना सकुशल भेटिएपछि अन्य सुरुङमा फसेकाको उद्धारमा पनि आशा

कृष्णभीरमा पृथ्वी राजमार्ग जोड्न नयाँ ट्र्याक निर्माण सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu