काठमाडौंँ ९ पुस । आफ्नो परिवारलाई सुखमा पाल्छु भनेर धन कमाउन विदेश गएका पुरुषहरु श्रीमतीले धोका दिएपछि प्रहरीमा धाउन थालेका छन् । तीन वर्षको अवधिमा एकसय १७ जना पुरुषहरु श्रीमतीबाट पीडित भएको उजुरी परेको प्रहरीले जनाएको छ ।
श्रीमती धन सम्पति लिएर हराएको भन्दै खोजी गर्नका लागि प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पीडित पुरुषहरू धाउन थालेको छन् । आर्थिक वर्ष ०७६र०७७ मा २२ जनाले श्रीमतीले धन नोक्सान गरी परपुरुषसँग लागेर हराएकाले खोजी गरी पाउँ भन्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी निमित्त प्रमुख सुजता कार्कीले जानकारी दिनुभयो ।
श्रीमतीबाट पीडा पाउने पुरुषहरु धेरै विदेशबाट रोजगारी गरी फर्किएका छन् । ‘विदेशबाट फर्किंदा घरमा श्रीमती पनि नभएको र सम्पत्ति पनि नभएको भन्दै खोजी गर्न श्रीमतीबाट पीडित हुने श्रीमानहरू आउने क्रम बढेको छ’ निमित्त प्रमुख कार्कीले भन्नुभयो ।
आर्थिक वर्ष ०७५/०७६ मा ४० र आर्थिक वर्ष ०७४/०७५ मा ५५ जना श्रीमतीबाट पीडित भएको भन्दै उजुरी दिन आएको कार्कीले जानकारी दिनुभयो । प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा धाएका हुन्
प्रतिक्रिया दिनुहोस्