काठमाडौँ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरिएको छ । केन्द्रीय कमिटी बैठक अघि यो समूहको स्थायी कमिटी बैठक पनि त्यही ठाउँमा बसेको थियो । स्थायी कमिटीअघि अध्यक्षद्वय पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेण्डाबारे छलफल भएको थियो । संघर्षको कार्यक्रम कस्तो हुने भन्ने खाका बैठकमा पेस हुँदैछ । यो समूहको बैठक मंगलबार पनि बसेको थियो
प्रतिक्रिया दिनुहोस्