ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदै छ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
९ पुस २०७७, बिहिबार   ९ : १२   बजे

काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टीभित्र के भइरहेको छ, सबैसामु स्पष्ट नै छ । जसले जे दाबी गरे पनि आधिकारिक नेकपा हामी नै हौँ । केपी ओलीले नेतृत्व गरेको त गुट हो, पार्टी होइन । त्यो अवैधानिक छ ।

आजको हाम्रो बैठकमा रामबहादुर थापा ‘बादल’ र वामदेव गौतमलाई पनि बोलाएका थियौँ । वामदेवजीले तयारी नपुगेको जनाउनुभयो । बादललाई ल्याउन सकेनौँ । उहाँको कुरा अझै अस्पष्ट नै छ । तर, पम्फा भुसाल र सुरेश सुवेदी ‘पथिक’ हामीतिर आउनुभएको छ । उहाँहरू कमरेड बादलको साथमा हुनुहुन्थ्यो । र, यसरी हामीलाई विश्वास गरेर अरु कमरेडहरू पनि आउनुहुनेछ, यो संख्या बढ्दै जानेछ । किनकि, फेरि पनि हामी नै आधिकारिक नेकपा हौँ ।

कानुन र राजनीतिक रूपमा पनि हामी आधिकारिक छौँ । यो क्रान्तिको झण्डा बोक्ने र क्रान्ति छाड्नेहरूबीचको लडाइँ हो । पछिल्लो घटनाक्रमका पछाडि ठूलो ग्राण्ड डिजाइन छ ।

यो बाहिर देखिएजस्तो सामान्य घटनाक्रम होइन, यो ठूलो षड्यन्त्रको डिजाइन हो । २०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदै छ । प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष आवश्यक देखिएको छ । भू(राजनीतिक रूपमा नेपाल महत्त्वपूर्ण स्थानमा छ । कम्युनिस्ट आन्दोलनका उपलब्धि अपहरण गर्ने ग्राण्ड डिजाइनअन्तर्गत अहिलेको घटना भयो । ठूलो बेइमानी, जालझेल र षड्यन्त्र भएको छ । पाँच मिनेट कुर्नुस्, पार्टी बचाउने विकल्प लिएर आउँदै छु भन्दा पनि ओलीले संसद् विघटन गरे । त्यो कदम सामान्य छैन ।

फेरि जेल जान तयार हुनुपर्ने अवस्थामा हामी यो बैठक बस्दै छौँ । कमरेडहरूलाई कति डर लागेको छ, मलाई थाहा छैन तर हामी सबै अवस्थाका लागि तयार रहनुपर्छ । संविधान र लोकतन्त्रलाई अपहरण हुनबाट जोगाउनै पर्छ । एक पटक फेरि ठूलो योगदान र बलिदानका लागि तयार रहनुपर्छ ।कुनै पनि षड्यन्त्र हामीलाई मान्य छैन । कमरेडहरू, आवश्यक परे जुनसुकै बेला सडकमा आउनुपर्ने हुन सक्छ । हामी कोही अब पार्टीगत राजनीतिबाट टाढा जाने छैनौँ, युद्धमा जाने छैनौँ । हामी यही संसदीय राजनीतिमै छौँ ।

(बिहीबार आफूनिकट केन्द्रीय सदस्यहरूलाई प्रचण्डले गरेको सम्बोधन )

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’बाट दुईजना सकुशल भेटिएपछि अन्य सुरुङमा फसेकाको उद्धारमा पनि आशा

कृष्णभीरमा पृथ्वी राजमार्ग जोड्न नयाँ ट्र्याक निर्माण सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu