ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा प्रचण्ड-नेपाल समूहको प्रदर्शन माइतीघरमा सुरु


एबीसी / संवाददाता
१० पुस २०७७, शुक्रबार   १० : ५९   बजे

काठमाडौं, १० पुस । नेकपाको प्रचण्ड-नेपाल समूहले विरोध प्रदर्शन सुरु गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् । प्रदर्शनमा प्रचण्ड(नेपाल समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी छन् । प्रदर्शनमा विघटित प्रतिनिधिसभा सदस्यहरुले ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड बोकेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा आज सर्वोच्च अदालत र निर्वाचन आयोग जाने प्रचण्ड-नेपाल समूहको तयारी छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । विहीबार केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताएका थिए । माइतीघरमा भेलाएका बरिष्ठ नेता–कार्यकर्ताहरु अब निर्वाचन आयोगतर्फ लागेका छन् । नेकपामा आफूहरु (प्रचण्ड–माधव समूह) नै आधिकारिक रहेको प्रमाणित गर्न र दुनियाँलाई सन्देश दिन निर्वाचन आयोगमा जान लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउनुभयो । साथै आजै सांसद अदालत जाने कार्यक्रम रहेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’बाट दुईजना सकुशल भेटिएपछि अन्य सुरुङमा फसेकाको उद्धारमा पनि आशा

कृष्णभीरमा पृथ्वी राजमार्ग जोड्न नयाँ ट्र्याक निर्माण सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu