काठमाडौं, १० पुस । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डर माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुग्नु भएको छ । शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोग पुग्नु भएको हो । अहिले अरू प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र प्रवेश गर्नुभएको छ । आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्