ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने


एबीसी / संवाददाता
१२ पुस २०७७, आइतबार   १ : ५९   बजे

काठमाडौं, १२ पुस । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पुस १४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । वरिष्ठ नेता झलानाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा पचास हजार कार्यकर्ता उतारेर प्रदर्शनको तयारीमा रहेको बताउनुभयो । ‘केन्द्रीय कमिटी बैठकबाट हामीले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छौं । त्यसको तयारी र अन्य आन्तरिक व्यवस्थापनको विषयमा छलफल गर्न सचिवालयको बैठक बसिरहेको छ,’ बैठकमा सहभागि एक नेताले भन्नुभयो , ‘हामीले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध पचास हजारदेखि एक लाख कार्यकर्ता काठमाडौंमा उतार्दै छौं । त्यहि अनुसार सबै संगठनहरुलाई निर्देशन गरेका छौं । त्यसको तयारी भइरहेको छ ।’

आइतबार कोटेश्वर पेरिसडाँडामा बसेको यो समूहको सचिवालय बैठकले शक्ति प्रदर्शनको तयारीबारे पनि छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यो समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । आन्दोलन परिचालन कमिटीको संयोजकमा प्रवक्ता श्रेष्ठलाई तोकिएको छ । उहाको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी बनाउने निर्णय पनि गरेको थियो । प्रदर्शनको तयारीका लागि विद्यार्थी, युवा, महिलालगायतका जनवर्गीय संगठनहरुका बैठक भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।यो समूहको केन्द्रीय कमिटी बैठकले देशभर आन्दोलन परिचालन र पार्टीका गतिविधि सक्रिय पार्न प्रदेश, जिल्ला र वडास्तरसम्मका भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । निर्णयअनुसार पुस ११ गते काठमाडौंमा सबै प्रदेशहरूको समन्वयात्मक बैठक भइसकेको नेताहरुले बताएका छन् । शनिबार भएका बैठकले १४ गतेको प्रदर्शनको तयारी र तल्लो निकायसम्म प्रधानमन्त्री ओलीको कदमबारे कार्यकर्तालाई प्रशिक्षित गर्नेलगायत रणनीति तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group