ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँदैन – नेता घनश्याम भुसाल


एबीसी / संवाददाता
१२ पुस २०७७, आइतबार   ७ : ००   बजे

बुटवल, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताउनुभएको छ । लोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताउनुभयो । उहाले संसद पुनर्स्थापित हुने चार महिना पनि नलाग्ने समेत बताउनुभयो । नेता भुसालले भन्नुभयो , ‘राजाले विघटन गरेको संसद त आन्दोलनको बलमा पुनर्स्थापना गरियो, अहिले नहुने कुरै छैन ।’ संसद पुनर्स्थापना नभए संविधान च्यातिन शुरु हुने र संविधान विरोधीले टाउको उठाउने मौका पाउने भुसालले बताउनुभयो ।

पार्टीका सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विधान विपरित संसद विघटन गरेको उहाले बताउनुभयो । पार्टीले सररकारलाई काम गर्न नदिएर संसद विघटन गर्नु परेको भन्दै ओली पक्षको दाबी उहाले अस्वीकार गर्नुभयो । तत्कालीन कृषिमन्त्री समेत रहनुभएका उहाँले एमसीसी पारित गर्ने विषयमा बाहेक पार्टीले सरकारलाई कुनै विषयमा अवरोध नगरेको दाबी गर्नुभयो । एमसीसीका हकमा राष्ट्रको हितमा हुने गरी संशोधन गरेर मात्रै पारित गर्न पार्टीले सरकारलाई निर्देशन दिएको उहाले बताउनुभयो । भेलामा पूर्वसभामुख ओनसरी घर्तीले पार्टीका सबै कमिटी र संसदीय दलका आफ्नो पक्षको स्पष्ट बहुमत रहेकाले आधिकारिक नेकपा आफूहरु नै जीकिर गर्नुभयो । ‘हामी सबैतिर बहुमतमा छौं, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’, घर्तीले भन्नुभयो , ‘वैधानिक हुँदाहुँदै पनि दिइएन भने सडक संघर्षबाट लिन्छौं ।’ भेलामा केन्द्रीय सदस्य एवं प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय सदस्य हकिकुल्ला खां, जिल्ला सचिव निर्मल जीसी, खेम लुइटेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group