काठमाडौँ, १४ पुस । कोरोना सङ्क्रमणले बिरामी भएपछि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व सह-महामन्त्री गोविन्दराज जोशी अस्पताल भर्ना हुनु भएको छ । आफ्नो निवासमा आईसोलेसन बस्दा स्वास्थ्यमा अप्ठ्यारो महशुस भएपछि ह्याम्स हस्पिटलमा भर्ना गराइएको छ । शरिरमा अक्सिजनको मात्रा कम सोमबार हस्पिटलमा लगिएको जोशीका छोरा दीपकराज जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्