ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालय एयरलाइन्समा फर्कियो चार्टर्ड जहाजमा आएको चिनियाँ टोली


एबीसी / संवाददाता
१५ पुस २०७७, बुधबार   १२ : १९   बजे

काठमाडौं, १५ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन देखिएपछि आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली स्वदेश फर्किएको छ।बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा टोली फर्किएको त्रिभुवन अन्तराष्टिय विमानस्थल स्रोतले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं ओर्लिएको थियो। काठमाडौं आउँदा टोली एयर चाइनाको चार्टर्ड विमानमा आएको थियो। उनीहरूले विमानस्थलबाट बाहिर निस्कँदा पनि पिपिई सेट लगाएका थिए।

आइतबार काठमाडौं आएपछि नै चिनियाँ टोलीले राजनीतिक भेटघाट सुरू गरेको थियो। सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको टोलीले सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो। काठमाडौंमा रहँदा चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड-नेपाल)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटघाट गरेको थियो। नेकपाका नेताहरूसँगको भेटमा चिनियाँ टोलीले अझै पनि कतै मिल्ने ठाउँ भए तपाईंहरू मिल्नुस् भन्ने सुझाव दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu