ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असंवैधानिक ढंगले पार्टी कब्जा गर्ने र सरकार अपदस्त गर्ने खोजेपछि प्रतिनिधि सभा विघटन – महासचिव पौडेल


एबीसी / संवाददाता
१५ पुस २०७७, बुधबार   ७ : ४९   बजे

काठमाडौँ, १५ पुस ।  नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले असंवैधानिक ढंगले पार्टी कब्जा गर्ने र सरकार ढाल्ने षड्यन्त्र शुरू भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो । कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत् हुन दिने कि प्रतिरक्षा गर्ने भन्ने ओलीसँग दुई विकल्प मात्र रहेको पौडेलले बताउनुभएको हो ।

नेकपा प्रदेश नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय लिनुपरेको बताउनुभयो । ‘असंवैधानिक ढंगले पार्टी कब्जा गर्ने र सरकार अपदस्त गर्ने तयारी भएपछि प्रधानमन्त्री ओलीका सामु दुईवटा मात्र विकल्प थिए, कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत गर्न आत्मसमर्पण गर्ने कि कम्युनिस्ट आन्दोलनको प्रतिरक्षा गर्ने ? ’ पौडेलले भन्नुभयो , ‘प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । यसले राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ ।

अवैधानिक ढंगले पार्टीको विधान र संविधानविपरीत कब्जा गर्ने चेष्टासामु आत्मसमर्पण गरेको भए मुलुक अराजकतामा जाने थियो ।’ अर्थमन्त्री पौडेलले प्रतिनिधि आम निर्वाचनमा जाने निर्णय लोकतन्त्रको सुन्दरतम् उदाहरण भएको समेत बताउनुभयो । ‘कतिपय मानिसहरूले, उपब्रुजुकहरूले जनताको अभिमतका आधारमा निर्णय गर्ने जनतामा जाने कदमलाई निरंकुशतातर्फको कदम भनेका छन्, यो वाहियात आरोप हो,’ पौडेलले भन्न्ुभयो , ‘प्रधानमन्त्री ओलीले अनिर्वाचित सत्ता चलाउँछु भनेको छैन, प्रतिनिधि सभा विघटन र निर्वाचनमा जाने निर्णय लोकतन्त्रको सुन्तरतम् उदाहरण हो ।’

निर्वाचन हुन्छ कि हुँदैन भनेर द्विविधा नरहन आग्रह गर्दै पौडेलले वैशाख १७ र २७ गते निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो । ‘सर्वोच्च अदालतको संवैधानिक बेञ्चलाई प्रभावित गर्न खोजेको होइन, तर प्रतिनिधि सभा विघटनको निर्णय बदर हुने सम्भावना छैन । बहुमत सदस्यले साथ दिएको विघटन यदि फेल हुने हो भने अल्पसंख्यकले वैकल्पिक सरकार दिन सम्भव हुन्छ र ? ’ पौडेलले प्रश्न गर्नुभयो । निर्वाचन आयोग र सुरक्षा निकायले तोकिएको मितिमै निर्वाचन गर्न सक्षम रहेको भनेकाले चुनाव हुने कुरामा आशंका नगर्न पौडेलले आग्रह समेत गर्नुभयो । ‘मुलुक निर्वाचनमा जान्छ, तोकिएको मितिमा निर्वाचन हुन्छ भनेर विश्वास गरौं । मिति घोषणा भएकै दिन सुरक्षा निकायसँग समन्वय गरेका छौं । निर्वाचन तयारीमा लाग्न निर्देशन गरेका छौं । शान्तिपूर्ण, निष्पक्ष निर्वाचन गर्नका लागि सम्पूर्ण कार्यभार पूरा गर्छौं ।

चुनाव गर्न व्यवधान छैन । सरकार आश्वस्त रहोस् भनेर सुरक्षा निकायले भनेका छन्,’ पौडेलले भन्नुभयो । महासचिव पौडेलले आगामी निर्वाचनबाट ओलीकै नेतृत्वमा बहुमतको सरकार बनाउने र त्यो सरकारलाई चलाउन कुनै व्यवधान नहुने दावी गर्नुभयो । ‘प्रतिनिधि सभा विघटन गरेर विपक्षी भूमिकामा खुम्चिनका लागि यो विकल्प रोजेका होइनौं, चुनावपछि फेरि बहुमतको सरकार बनाउँछौं । त्यो बेला सरकारको काममा व्यवधान खडा गर्न प्रचण्ड र माधव नेपाल कोही हुँदैनन्,’ पौडेलले भन्नुभयो ।

कांग्रेस पहिलो पार्टी हुन्छ र हामी पछिपछि हुन्छौं भनेर प्रचण्डले रुञ्चे अभिव्यक्ति दिएको उहाँले बताउनुभयो । ‘एउटा टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले कांग्रेस पहिलो पार्टी बन्छ, हामी पछिपछि हुन्छौं भन्नुभएको सुनें । यस्तो खालको रुञ्चे अभिव्यक्तिका लागि किन पार्टी विभाजन गरेको ? यही पार्टीभित्र अनुशासित भएर आफ्नो र देशको भविष्य देखेको भए, कांग्रेस पहिलो हुन्छ भन्नुपर्ने दिन आउँथ्यो ?’ पौडेलले प्रश्न गर्नुभयो ।

विध्वंशकारी कदम नचालेको भए……

महासचिव पौडेलले प्रचण्ड–नेपाल समूहले विध्वंशकारी कदम नचालेको भए प्रतिनिधि सभा विघटनको अवस्था नआउने दाबी गनुभयो ।

‘आफैंले निर्णय गर्ने अधिकार हुँदासम्म सुझबुझपूर्ण ढंगले नचल्ने, अन्तरविरोधलाई शत्रुतापूर्ण बनाउने, अहिले पुनःस्थापनाको माग गर्ने ? उहाँहरूले विध्वंशकारी, विग्रहकारी कदम नचालेको भए संसद् विघटन हुँदैनथ्यो , उहाँले भन्नुभयो ।

संसद्लाई विघटनको बिन्दुमा ठेल्ने काम कसले गर्‍यो ? ’ पौडेलले प्रश्न गर्नुभयो , ‘प्रतिनिधि सभाको पुनःस्थापना कसले गर्न सक्छ ? ओलीले चाहेर पनि गर्न सक्नु हुन्न । मन्त्रिपरिषद्ले सिफारिश गर्‍यो, राष्ट्रपतिले अनुमोदन गर्नुभयो । यो विषय अदालतमा विचाराधीन छ । प्रतिनिधि सभा पुनःस्थापनाका लागि आन्दोलन, यो आन्दोलन कसका विरुद्ध ओलीका विरुद्ध कि अदालतको विरुद्धमा ? निर्णय गर्ने अधिकार अदालतमा छ, तपाईंहरू सरकारको विरोध गर्नुहुन्छ ?’

महासचिव पौडेलले प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिशोधपूर्ण आरोप पत्र नेकपा विभाजनको बिउ भएको समेत बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group