काठमाडौं, १६ पुस । भोली शुक्रवार देखि राष्ट्रियसभाको हिउँदे अधिवेश सुरुहुँदै छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान गरिएको छ । यता राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।भोलिसम्म रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रवेश दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्