काठमाडौं, १६ पुस । नवलपरासीको लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा उहाँलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो । पक्राउ परेका अग्रवाललाई नवलपरासी पठाउन तयारी भइरहेको पनि पन्तले जानकारी दिनुभयो । कारबाहीको थप प्रक्रिया नवलपरासीबाटै हुने एसपी पन्तको भनाई छ । अग्रवालले किसानको ७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्