काठमाडौं, १८ पुस । केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ।नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान ९कमलादी० मा भेला आयोजना गर्न लागेको हो। भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो।
प्रतिक्रिया दिनुहोस्