काठमाडौं, १८ पुस । नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ८ जना संक्रमितको मृत्यु भएको थियो।
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्