ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–नेपाल समूहलाई निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती


एबीसी / संवाददाता
१८ पुस २०७७, शनिबार   ७ : २६   बजे

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको बताउनुभएको छ । उहाले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गर्नुभयो । आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको समेत संज्ञा दिनुभयो । ‘उहाँहरुलाई पद चाहिएको छ । पद चाहिएको भए पार्टी बैठकमा आउनुपर्ने हो’, प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सुन्तला खान सुन्तला घारीमा जानुपर्छ, सल्लाघारी जाने होइन ?’ उहाले पार्टी एकता गरिएपनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड–नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दावी समेत गर्नुभयो। ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन । तर अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ,’ उहाले आफ्नो पक्षमा माहोल रहेको संकेत गर्नुभयो ।

पार्टीको विधि र संविधान अनुसार आफूहरुले पार्टी चलाइ रहेको पनि ओलीले दावी गर्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको समेत बताउनुभयो । यस्तै आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको जिकिर गर्दै उहाले ‘बसिरहेको घर मेरो भन्दै निवेदन हाल्ने ? ’ भन्दै इतर समूहलाई प्रश्न समेत गर्नुभयो । उहालेप्रचण्ड–नेपाल पक्षलाई आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन पनि चुनौति दिनुभयो । उहाँले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group