ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बबईमा ४६ घडियाल गोही


admin
२५ असार २०७४, आइतबार   ११ : १६   बजे

गुलरिया(बर्दिया), २५ असार । बबई नदीमा घडियाल गोही ४६ र मगर गोही ३१ पुगेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले संरक्षित क्षेत्रमा हुन सक्ने चोरी सिकार एवं अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो पटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको सर्वेक्षण गरिएको बताउनुभयो । निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो ।
माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको थापाले बताउनुभयो । उहाँका अनुसार मगर गोहीले माछाबाहेक ताल छेउछाउ आउने चित्तल, जरायो, लघुनालगायत जनावरको पनि सिकार गर्छ । विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने बताइएको छ ।

सन् २०१६ मा गरिएको गणनानुसार ती सबै नदीमा घडियाल गोही १९८ थिए । यस वर्ष बर्दियाका नदी प्रणालीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँगै अन्य नदी प्रणालीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu