ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरानाको खोप चार चरणमा यसरी लगाउने तयारी


एबीसी / संवाददाता
१९ पुस २०७७, आइतबार   १० : १४   बजे

काठमाडौ, १९ पुस । नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । देशले धान्न सक्ने खोप आएपछि कसरी र कुन समूहलाई लगाउने भनेर छलफल थालेको खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले बताउनुभयो ।नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । ‘अब छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेका छौंं उहाँले भन्नुभयो । ‘त्यसका लागि हामीले खोप कसरी र कसलाई दिने भनेर छलफल सुरु गरेका छौंँ’ उहाँले भन्न्नुभयो। गौतमका अनुसार सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने छ ।

पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा। शर्माले भन्नुभयो । उहाँका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ ।

५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ । ५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा। शर्माले भन्नुभयो । तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा। शर्माले भन्नुभयो ।

अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदै छ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् । चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ । खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरी खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ ।

नेपाललाई भारत र चीनमा बनेका खोपहरु उपयुक्र्त हुने भएकाले त्यसमै जोड दिन आवश्यक रहेको माइक्रोबायोलोजिष्ट तथा खोपबारे अध्ययन गरिरहनु भएका डा. प्रकाश घिमिरे बताउनुहुन्छ । ‘खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने नेपालका लागि उपयुक्त कोल्ड चेन भण्डारणको र कम लागतको खोप नेपालले पर्खिरहेको छ’ डा। घिमिरेले भन्नुभयो । नेपालमा यसअघि प्रयोग भैरहेका खोपहरु दुई देखि आठ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको डा। शर्माले भन्नुभयो । नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ ।

नेपालको भौगोलिक अवस्था सुहाउँदो र नेपालको आर्थिक भारले धान्न सक्ने खालको खोप आएपछि नेपालमा खोप भित्रने डा. प्रकाश घिमिरे घिमिरेले भन्नुभयो । नेपालमा भारत र चीनमा बनेका र अरु देशमा बनेका दुईदेखि आठ डिग्री सेल्सियसको खोप राम्रो हुने भएकाले नेपालमा सोही खोपको कुरा भैरहेको हुन सक्ने उहाँले बताउनुभयो । नेपालले कुरा गरिरहेको भन्ने सुनेकाले तीन महिनाभित्र खोप आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालको लागि सुहाउँदो खोपले लाइसेन्स पाउने बित्तिकै नेपालमा कोरोना खोप भित्रिने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सम्बन्धित

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu