ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें”: वामदेव गौतम


एबीसी / संवाददाता
२३ पुस २०७७, बिहिबार   १ : ५८   बजे

काठमाडौं, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुअघि आफूलाई जानकारी नदिएको बताउनु भयो । राष्ट्रिय सभामा बिहीबार बोल्दै उहाले आफू प्रधानमन्त्री ओलीको कटु आलोचक रहेको पनि बताउनुभयो।

‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ। उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै विवाद उत्पन्न गराएका हुन्। उहाँ ४३ वर्षदेखि सहयोद्धा र मित्र हो। उहाँलाई धेरै पटक कार्यशैली सुधार गर्न सुझाव राखेको छु,’ उहाले भन्नुभयो , ‘एमालेभित्र संगठन निर्माण गर्ने भित्र म पर्छु होला। कठिन परिस्थितिमा एक ठाउँमा छौं। तर प्रतिनिधि सभा भंग गर्दा उहाँले सोध्नुभएन, मलाई थाहा थिएन।’

प्रधानमन्त्री ओलीले आफूलाई बर्खास्त गर्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुने भनेको उल्लेख गर्दै गौतमले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो। ‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो। अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उहाले भन्नुभयो , ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें। मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो।’

उहाले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट पराजित गर्ने काम होला भन्ने आफूले नसोचेको पनि बताउनुभयो । ‘आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकतालाई जोगाइरहेको थिएँ। मैले अविश्वास प्रस्तावलाई असफल गरेको थिएँ। सामेल हुन सक्दैन भनेको थिएँ,’ उहाँले. भन्नुभयो भने, ‘पार्टीमा आरोप प्रत्यारोप पत्र राख्दा पनि सुधारका लागि सम्भव उपाय हुन सक्छ भनेर राखेको थिएँ। अविश्वास प्रस्ताव लैजाँदा मलाई सोधिएन। पुस ५ गते अविश्वास प्रस्ताव जान्छ भनेर मलाई जानकारी दिइएन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu