ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभामा प्रधानमन्त्रीको दाबी : स्थिरता यही हो , कसैले चाहेर पनि मलाई हटाउन सकेनन्


एबीसी / संवाददाता
२६ पुस २०७७, आइतबार   ३ : ३१   बजे

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा स्थिरता छाएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान हुने केही दिन पहिले मात्रै विघटनको सिफारिस गर्नुभएका उहाँले आफूलाई कसैले चाहेर पनि प्रधानमन्त्रीबाट हटाउन नसकेको दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसिभा विघटन गर्न सिफारिस गरेका गर्नुभएको थियो । उहाको सिफारिसको राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्नुभएको थियो । सोही दिन नेकपाकै प्रतिनिधिसभाका ९० सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रसस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारण आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भनेर प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति समेत दिनुभएको छ । प्रतिनिधिसभामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल पक्षका सांसदहरूले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रधानमन्त्री ओलीले आफूसँग बहुमत रहेको दाबी गर्दै आउनुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिलेको अवस्था स्थायित्वको रहेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन् । आफूलाई जनताले प्रधानमन्त्री बनाएको भन्दै उहाँले पदबाट राजीनामा दिएर जोसुकैलाई हस्तान्तरण गर्न नहुने जिकिर समेत गर्नुभयो । मुलुकमा ६र६ महिनामा प्रधानमन्त्री परिवर्तन गरेर अस्थिरता ल्याउन खोजिएको अवस्थालाई ताजा जनादेशको घोषणा गरेर रोकिदिएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu