ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित


admin
२८ मंसिर २०७४, बिहिबार   ३ : ०२   बजे

काठमाडौँ, २८ मंसिर ।  एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।

थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

म्यानमारलाई सानो योगफलमा समेट्ने क्रममा नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले चार÷चार विकेट लिए । जोशीले तीन ओभरमा दुई मेडन राखि मात्र एक रन खर्चे । थापाले तीन ओभरमा चार रन मात्र दिए । विशाल विक्रम केसीले एक विकेट लिए ।

ब्याटिङतर्फ म्यानमारका हियन अयुङले सर्वाधिक ३ रन बनाए ।

नेपालका कप्तान रित गौतम र तृतराज दासले ९९ रनको साझेदारी गरे । गौतमले ७८ बलमा १२ चौकाको मद्दतमा अविजित १०६ रन बनाए । दासले २९ बलमा तीन छक्का र सात चौका प्रहार गरी ६४ रन जोडे । विशाल विक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास ऐरले १७ रनको योगदान दिए ।

नेपालले यसअघि थाइल्याण्डलाई पहिलो खेलमा १३३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा हङ्कङलाई चार विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

सम्बन्धित

फुटबलतारा मेसीका पिता जोर्गे मेसीको ६८ वर्षको उमेरमा निधन

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu